Sagun Khabar
बैतडीसहित सुदूरपश्चिमका नदीहरुमा पानीको बहाव बढ्न सक्ने, सतर्क रहन आग्रह 

बैतडी –बैतडीसहित सुदूरपश्चिमका ९ ओटै जिल्ला भएर बग्ने नदीहरुमा पानीको बहाव बढ्ने अनुमान गरिएको छ । बैतडीसहितका प्रदेशका ९ ओटा जिल्ला भएर बग्ने स–साना नदी÷खोलाहरुमा आकस्मिक बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

बैतडी, दार्चुला,डोटी, डडेल्धुरा, बझाङ, बाजुरा, अछाम, कैलाली र कञ्चनपुर भएर बग्ने तथा आसपासका नदीहरुमा पानीको बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस्तै महाकाली नदीमा पनि जलस्तर बढ्न सक्ने अनुमान गरिएको छ । बर्षाका कारण ठूला तथा साना नदीहरुमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी छेउछाउमा नजान र सतर्कता अपनाउन आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update