बैतडीमा भिरबाट लडेर एक महिला गम्भीर
बैतडी- बैतडीमा भिरबाट लडेर एक महिला घाइते भएकी छिन् । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ६ सित्तड बस्ने पार्वती लुहार भिरबाट लडेर गम्भीर घाइते भएकी हुन् ।
शनिबार दिउंसो गाउँनजिकैको आठिखोला भन्ने ठाउँमा घाँस काट्न गएकी उनी भिरबाट लडेर घाइते भएकी वडाअध्यक्ष गोपाल सिंह कार्कीले जानकारी दिए ।
घाइते महिलालाई गाडीको व्यवस्था गरेर उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको र उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएको वडा अध्यक्ष कार्कीले बताए । घाइते पार्वतीको टाउको र पिठ्युमा गम्भीर चोट रहेको बताइएको छ।
प्रकाशित मिति: शनिबार, साउन २०, २०८० १८:५१
प्रतिक्रिया दिनुहोस्




