बैतडी –बैतडीको दशरथचन्द नगरपालिका १ स्थित मुस्याचौर बजारमा सौर्य सडक बत्ती जडान गरिएको छ । दशरथचन्द नगरपालिकाको सहयोगमा मुस्याचौर बजारमा सौर्य सडक बत्ती जडान गरिएको दशरथचन्द नगरपालिका वडा नं १ का वडा अध्यक्ष विष्णुदत्त भट्टले बताए ।
दशरथचन्द नगरपालिकाका मुख्य बजारमा सौर्य सडक बत्ती जडान गर्ने कार्यक्रम अनुसार मुस्याचौर बजारमा पनि सडक बत्ती जडान गरिएको हो । नगरपालिकाका अन्य बजार क्षेत्रमा पनि सौर्य सडक बत्ती जडानको कार्य भइरहेको वडा अध्यक्ष भट्टले बताए ।
बजारमा सौर्य सडक बत्ती जडान भएपछि रातिको समयमा सहज भएको स्थानीय व्यापारी रामबहादुर टेरले बताए । बजारमा सडक बत्तीले उज्यालो हुने र यसले व्यापारी तथा अन्य नागरिकलाई सहज हुने उनले बताए ।
रातिको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप न्यूनीकरणमा समेत सडक सौर्य बत्तीले सहयोग गर्ने स्थानीय युवा भुपेन्द्र चन्दले बताए ।




