बैतडी –नेपाली कांग्रेसको ‘बिशेष आन्तरिक अभियान’का लागि कांग्रेस बैतडीले जिल्ला कार्यसमितिको बैठक डाकेको छ । पार्टीको केन्द्रीय कार्यक्रम अनुसार यही साउन २० देखि ३० गतेसम्म बिशेष आन्तरिक अभियान सञ्चालन भएकाले सोही कार्यक्रमका बिषयमा छलफल गर्नका लागि बैठक बोलाइएको नेपाली कांग्रेस बैतडीका सहसचिव दिपेन्द्रबहादुर चन्दले बताए ।
बैठकमा पार्टीको आन्तरिक अभियान र अन्य बिषयमा छलफल हुने बताइएको छ । नेपाली कांग्रेसको संगठनलाई चलायमान बनाउन बिशेष अभियान सञ्चालन भएको र सोही अभियान अन्तर्गत जिल्ला कार्यसमितिको बैठक बोलाइएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए ।
यही साउन २६ गते पाटनको एकीकृत सभाहलमा बैठक बस्ने नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष चक्रबहादुर चन्दले बताए । बैठकमा जिल्ला कार्यसमितिका सदस्य र पदाधिकारी, प्रदेश सभाका क्षेत्रीय सभापति, स्थानीय तहमा नेपाली कांग्रेसकातर्फबाट निर्वाचित प्रमुख तथा उपप्रमुख र १० ओटै पालिकाका पार्टी सभापतिहरुलाई बोलाइएको छ ।
कांग्रेसले ‘बिशेष आन्तरिक अभियान’का लागि बैतडीमा केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीलाई खटाएको छ ।





