Sagun Khabar
बैतडीमा सडक कालोपत्रे गरेको एकमहिनामै चीरा पर्यो, छानबीन गर्नुपर्ने युवाहरुको माग 

बैतडी – सडक डिभिजन कार्यालय पाटन बैतडी अगाडी गरेको कालोपत्रे सडक एक महिनामै चिरा–चिरा भएको छ ।

गतआर्थिक बर्ष २०७९÷८० को बजेटबाट कालोपत्रे गरिएको सडक एक महिना नपुग्दै चर्किएको हो । पाटन नगरपालिका–६ मा कार्यालय रहेको सडक डिभिजनले आफ्नो कार्यालय भएकै ठाउँमा दिगो कालोपत्रे सडक बनाउन नसकेको भन्दै युवाहरुले छानबीन गर्नुपर्ने माग गरेका छन् । 

सडक डिभिजन कार्यालय अगाडिकै सडकको कालोपत्रे एकमहिनामै चर्किएपछि सडक निर्माणमा अनियमितता भएको युवाहरुको आशंका छन् । 

पाटन नगरस्तरीय युवा सञ्जालका पदाधिकारीहरुले आइतबार सडक डिभिजन कार्यालयमै पुगेर सडकमा भएको खर्चको विवरण माग गरेका छन् । सडक कालोपत्रे गर्न भएको खर्चको विवरणका साथै अन्य सूचनाहरु माग गरिएको सञ्जालका अध्यक्ष सञ्जय भण्डारीले बताए । उनले भने ‘सडक डिभिजन कार्यालयकै अगाडि यस्तो खालको कालोपत्रे गरिएको छ । अन्यत्र के भएको होला भन्ने प्रश्न उठेको छ ।’

सो ठाउँमा सडक कालोपत्रे तथा वाल निर्माणको काम कैलाश निर्माण सेवाले गरेको डिभिजन सडक कार्यालयले जनाएको छ । 

कालोपत्रे गरेको सडक एक महिनामै चिरा–चिरा भएको सडक डिभिजन कार्यालय पाटन बैतडीले स्वकार गरेको छ । डिभिजन प्रमुख इ.मुकुन्दप्रसाद लामीछानेले चर्केको ठाउँमा तुरुन्त मर्मत गर्न निर्माण कम्पनीलाई आदेश दिएको बताए । 
 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update