Sagun Khabar
बैतडीमा मापदण्ड विपरीत सञ्चालनमा रहेका दुई  क्लिनिक सिल

बैतडी- बैतडीमा  दुई अवैध क्लिनिक सिल गरिएका छन् ।   जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ पाटन बजारमा  सञ्चालित अवैध स्वास्थ्य क्लिनिक  र दन्त क्लिनिक बन्द गरिएका हुन्  ।

सोमबार अनुगमनको क्रममा क्लिनिक  मापदण्ड विपरीत  सञ्चालनमा रहेका  पाइएपछि सिल गरिएका  स्वास्थ्य  कार्यालय  बैतडीका प्रमुख योगेश प्रशाद भट्टले  जानकारी दिए । इलाका प्रहरी कार्यालय पाटनको अगाडी सुर्खेतका फत्तबहादुर खडकाले सञ्चालन गरेको निभा स्वास्थ्य क्लिनिक दर्ता नै नगरेर सञ्चालन गरेको पाइएकाले बन्द गरिएको उनले  बताए ।

जिल्ला प्रशासन कार्यालय,  स्वास्थ्य कार्यालय र पाटन नगरपालिकाको संयुक्त अनुगमन टोलीले  क्लिनिकहरु अनुगमन गरेको बताइएको छ ।  ।उनको पसलबाट अवैध गर्भपतन गर्ने औषधिहरु र चिकित्सकको सल्लाह बिना विक्री वितरण गर्न नपाउने औषधि समेत बरामद  गरि नष्ट गरिएको  बताइएको छ ।  अनुगमन टिमले पाटन ६ बजारमै रहेको ओम कान्तिपुर डेन्टल केयर नामको दन्त क्लिनिक सिल गरेको छ ।

दर्ता बिना मापदण्ड विपरीत सञ्चालनमा रहेको दन्त क्लिनिक पनि  सिल गरिएको पाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महाराले बताए । पछिल्लो समय बैतडीमा अवैध क्लिनिक बन्द गर्न स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कडा अनुगमन गरिरहेको  छ । यस अघि पनि सिगास र पञ्चेश्वरमा अनुगमन गरेर मापदण्ड विपरीत  सञ्चालनमा रहेका क्लिनिक सिल गरिएका थिए । 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update