बैतडीमा बेवारिसे फेला परेको सुन राजस्व अनुसन्धान कार्यालय पठाइयो
बैतडी –बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा आइतबार दिँउसो फेला परेको बेवारिसे सुन राजस्व अनुसन्धान कार्यालय कोहलपुर, बाँके पठाइएको छ । सुनबार कुनै वैधानिक प्रमाण नभेटिएपछि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
आइतबार दिउँसो काठमाण्डौबाट दार्चुलाका लागि आइरहेको सुपप्र ०२००१ ख १३०३ नम्बरको बसबाट छाडिएको सामानको पोकामा ८३ ग्राम ५२० मिलिग्राम सुन फेला परेको थियो । बिना बिलको सुन फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनको टोलीले सुन नियन्त्रणमा लिएको थियो ।
बिना बिल संकास्पद अवस्थामा बसबाट प्रहरी चौकीको पोष्टमा छोडिएको सुनको कुनै वैधानिक प्रमाण नभेटिएको प्रहरीले स्पष्ट पारेको छ ।
प्रकाशित मिति: सोमबार, साउन २२, २०८० १७:२४
प्रतिक्रिया दिनुहोस्




