Sagun Khabar
आफ्नै नातीको हत्या गर्ने बैतडीका गणेश साउँद पुर्पक्षका लागि कारागार चलान 

बैतडी –आफ्नै नातीको हत्या गरेको अभियोगमा पक्राउ परेका बैतडीका गणेश साउँद पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्लाको पुर्चौंडी नगरपालिका ६ मुडेलीधारका ५० बर्षीय गणेश साउँदलाई जिल्ला अदालतको आदेश अनुसार सोमबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । 

गएको असार २८ गते साउँदको कुटाइबाट घाइते भएका २ बर्षीय रेशम साउँदको असार २९ गते उपचारको क्रममा निधन भएको थियो । आफ्नै बाजेको कुटाइबाट गम्भीर घाइते भएका ८ बर्षीय रिजन साउँदको अहिले पनि उपचार जारी रहेको छ । 

रेशम र रिजनका आमा र हजुरआमा घाँस गएका काट्न गएका बेला बाजे गणेश साउँदले उनीहरुमाथि कुटपीट गरेका थिए । प्रहरीले साउँदलाई असार २८ गते नै पक्राउ गरेको थियो । 

साउँदमाथि प्रहरीले आफ्नो अनुसन्धान सकाएर सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेश गरेको थियो । प्रहरीले उनीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरेको थियो । 
 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १७:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update