पहिरोले भिमदत्त राजमार्ग अवरुद्ध
बैतडी –सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत कैलालीको खानीडाँडा र बुढीतोला क्षेत्रमा पहिरोले सडक भत्किपछि यातायात अवरुद्ध भएको हो । गएरातिको बर्षले सडकको धेरै ठाउँमा पहिरो गएको छ भने केही ठाउँमा सडक भासिएको यात्रु नरेन्द्र भण्डारीले बताए ।
सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी,दार्चुला, डडेल्धुरा,बझाङ, डोटीm अछाम र बाजुरा आउने सवारी साधन र तराईका जिल्ला तथा काठमाण्डौंका लागि छुटेको सवारी साधन बीचबाटोमै रोकिएका छन् ।
सडक सुचारु नहुँदा यात्रुहरुको विचल्ली भएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८० ०७:४८
प्रतिक्रिया दिनुहोस्




