Sagun Khabar
नेविसंघको केन्द्रीय तदर्थ समितिमा बैतडीका ९ जना मनोनित 

बैतडी –नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समिति सदस्यमा बैतडीका ९ जना मनोनित भएका छन् । दुजाङ शेर्पाको अध्यक्षतामा गठन भएको केन्द्रीय तदर्थ समितिमा बैतडीका ९ जना मनोनित भएका हुन् । 

७१० सदस्यीय केन्द्रीय तदर्थ समितिमा देशैभरीबाट सदस्यहरु मनोनित भएका छन् । बैतडीबाट कपील केसी,नरेश बिष्ट, केशव जोशी, रामचन्द्र बोहरा, एनपी जोशी, दिनेश नेपाली, केशवबहादुर क्षेत्री, दिपेन्द्र ढुंगाल र रिजन मडै मनोनित भएका नेपाल विद्यार्थी संघले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update