बैतडी –मेलौलीमा राष्ट्रिय प्रसारण लाइन बिस्तारका लागि बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलाई ज्ञापन पत्र बुझाईएको छ । मेलौली नगरपालिकाका नगर प्रमुख भिमबहादुर चन्द र मेलौलीमा राष्ट्रिय प्रसारण लाईन बिस्तारका लागि गठन गरिएको संघर्ष समितिले मंगलबार ज्ञापन पत्र बुझाएको हो ।
सुर्नयागाड चौथो लघु जलविद्युत परियोजनाको लाइनले आपुर्ति धान्न नसकिरहेको भन्दै राष्ट्रिय प्रसारण लाईन जडान प्रकृयाको पहलका लागि जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाईएको हो ।
मैलौली नगरपालिका अन्तर्गतका सरकारी कार्यालय, विद्यालय तथा बजार व्यवसायीहरुलाई विद्युतीय काम गर्नका लागि समस्या भइरहेको भन्दै राष्ट्रिय प्रशारण लाइन जडानका लागि आग्रह गरिएको राष्ट्रिय प्रसारण लाइन संघर्ष समितिका उप–संयोजक सुरत पार्किले बताए ।
मेलौली नगरपालिकाको लामालेक बजारमा नेपाल बिद्युत प्राधिकरण बैतडीले राष्ट्रिय प्रसारण लाईनबाट विद्युत सेवा दिईरहेको र सोही लाइन मेलौलीको क्याम्पससम्म बिस्तार गरिदिन आग्रह गरिएको छ ।
नगर क्षेत्रमा सुर्नयागाड चौथो लघु जलविद्युत परियोजनाले विद्युतको कार्य गरेपनि आवश्यकता अनुसारको विद्युत आपुर्ति हुन नसकेको बताइएको छ ।




