भारतमै अस्ताए बैतडीका पुष्कर, घरमा रुवाबासी
बैतडी –रोजगारीको सिलसिलामा भारतमा रहेका बैतडीका एक युवकको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका २ मल्लाछेपट्टाका २७ बर्षीय पुष्कर बोहराको भारतको राजस्थानमा मृत्यु भएको हो ।
रोजगारीका लागि एक बर्ष अघि राजस्थान पुगेका पुष्करको बसको ठक्करबाट निधन भएको पारिवारिक श्रोतले जनाएको छ । काम गर्ने होटलबाट सामान किन्नका लागि बजार गएका बेला पुष्करलाई बसले ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका पुष्करको उपचारका क्रममा मृत्यु भएको उनका आफन्त महेश बोहराले बताए । मृतक पुष्करको घरमा श्रीमति, एक छोरी, आमाबुवा र भाइ रहेका छन् ।
कमाउनका लागि भारत गएका छोराको मृत्यु खबरले घरपरिवारमा रुवाबासी चलेको छ । कलिलो उमेरमै पुष्करको मृत्यु भएपछि अहिले घरपरिवार शोकमा डुबेको छ ।
प्रकाशित मिति: बुधबार, साउन २४, २०८० १०:०४
प्रतिक्रिया दिनुहोस्




