बैतडी –मानव अधिकारको क्षेत्रमा क्रियाशील महिला अधिकारकर्मी सरस्वती नेपालीलाई जातीवाद विरुद्धको विश्व च्याम्पीयन अवार्ड प्रदान गरिने भएको छ ।
आज बिहान अमेरिकामा भएको पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको छ । आजै अमेरीकामा आयोजना हुने अवार्ड वितरण कार्यक्रममा अधिकारकर्मी नेपालीलाई अवार्ड वितरण गरिनेछ ।
उक्त अवार्ड नेपाली समय अनुसार राति ११ बजे वितरण गरिने छ । उक्त अवार्ड विश्वका ६ जना महिलाले प्राप्त गर्दैछन् ।
अवार्ड प्राप्त गर्नेमा नेपालबाट सरस्वती नेपाली, ब्राजिलकी कारी गुजारारा, ओस्वाल्डो बिलबाओ लोबाटोन (पेरु), रानी यान (बंगलादेश), सादिया मोस्बाह (ट्युनिसिया), र भिक्टोरिना लुका (मोल्डोभा) रहेका छन् ।
बैतडी घर भएकी सरस्वती नेपालीले यसअघि ५ लाख राशीको अन्तराष्ट्रिय दर्नाल अवार्ड समेत प्राप्त गरिसकेकी छन् । उनी लामो समयदेखि जातीय विभेदविरुद्ध सक्रिय रुपमा लागिपरेकी छन् ।




