Sagun Khabar
बैतडीकी सरस्वती नेपालीलाई अमेरिकाकाको ‘जिएआरसी’ अवार्ड

बैतडी –सिमान्तकृत समुदायको अधिकारका लागि वकालत गर्दै आएकी बैतडकी सरस्वती नेपालीले संयुक्तराज्य अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटको यस वर्षको ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ (जिएआरसी) प्राप्त गरेकी छन् । 

बीस वर्षदेखि नेपालमा सिमान्तकृत जाति, अपाङ्गभएका व्यक्ति र गरिबहरूको मानवअधिकारको वकालत गर्दै आएकी सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षका रूपमा उनले  सो अवार्ड प्राप्त गरेकी नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

उनको प्रयासले नेपालको ग्रामीण पश्चिमी जिल्लाका धेरै दलित परिवारले जग्गाको कानुनी हक र न्याय पाएका छन् । अध्यक्ष नेपालीले सन् २००७ मा नेपालको इतिहासमा जातीय भेदभावको पहिलो सफल अभियोजनसहित न्यायको खोजीमा थुप्रै जातीय भेदभावविरुद्धको मुद्दाहरू जितेकी थिइन् । सम्मान र समानताको खोजीमा उनको योगदान साहस र समर्पणको उदाहरण रहेको दूतावासले जनाएको छ । 

बैतडी घर भएकी नेपालीले यसअघि ५ लाख राशीको अन्तराष्ट्रिय दर्नाल अवार्ड समेत प्राप्त गरिसकेकी छन् । उनी लामो समयदेखि जातीय विभेदविरुद्ध सक्रिय रुपमा लागिपरेकी छन् ।  
 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ०८:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update