बैतडी –गएको सोमबार रातिदेखि अवरुद्ध भिमदत्त राजमार्ग अझै सुचारु भएको छैन् । राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका वडा नं ४ बुढीतोलामा भासिएको सडक निर्माण र पहिरो पन्छ्याउने काम भइरहेको छ ।
सडक मर्मत र पहिरो पन्छ्याउने कामका लागि ५ ओटा डोजरको प्रयोग गरेर काम भइरहेको सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख हरि सुवेदीले बताए । भासिएको सडकको भित्ताबाट नयाँ ट्र्याक खोल्ने काम भइरहेको उनले बताए ।
मंगलबारदेखि सडक सुचारु गर्नका लागि काम भइरहेको भएपनि बर्षाका कारण लगातार काम गर्न सकिएको छैन् । सकेसम्म जतिसक्दो चाँडो सडक सुचारु गर्ने हिसाबले काम भइरहेको सुवेदीले बताए ।
सुदूरपश्चिमका ७ पहाडी जिल्लाको लाइफलाइनको रुपमा रहेको राजमार्ग अवरुद्ध भएपछि नागरिकहरुलाई आवतजावतमा समस्या भइरहेको छ । यात्रुहरु पैदल हिँडेर यातायातका साधन भएको ठाउँसम्म पुग्ने गरेका छन् । बुढीतोला क्षेत्रमा भासिएको सडकबाट मान्छे पनि हिड्न सक्ने अवस्था नरहेको छ । बुढीलोलास्थित बाख्रा फार्मभन्दा करिब ३ सय मिटर दक्षिण अत्तरियातर्फ भावर भन्ने ठाउँमा पहिरो खस्दा सडक भासिएको हो ।




