Sagun Khabar
कांग्रेस बैतडीको बैठक किन सारियो ?

बैतडी- नेपाली कांग्रेस  बैतडीको बैठक सारिएको  छ । साउन २६ गतेका  लागि डाकिएको  जिल्ला कार्यसमितिको बैठक सारिएको हो ।

नेपाली कांग्रेसको ‘बिशेष आन्तरिक अभियान’का लागि कांग्रेस बैतडीले जिल्ला कार्यसमितिको बैठक डाकेको थियो। पार्टीको केन्द्रीय कार्यक्रम अनुसार यही साउन २० देखि ३० गतेसम्म बिशेष आन्तरिक अभियान सञ्चालन भएकाले सोही कार्यक्रमका बिषयमा छलफल गर्नका लागि बैठक बोलाइएको भएपनि  मौसम प्रतिकिुलताका कारण केन्द्रिय  प्रतिनिधि बैठकमा उपस्थित हुन नसक्ने भएकाले एक दिन पछि सारिएको  नेपाली कांग्रेस बैतडीका सहसचिव दिपेन्द्रबहादुर चन्दले जानकारी दिए ।

बैठकमा   पार्टीका नेता एवं प्रदेश सभा सदस्य  बहादुर सिंह थापाको  केन्द्रिय प्रतिनिधिको रुपमा   उपस्थिती रहने  बताइएको  छ ।यस अघि   कांग्रेसले ‘बिशेष आन्तरिक अभियान’का लागि बैतडीमा केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीलाई खटाए पनि  अहिले  बैतडीका लागि केन्द्रिय प्रतिनिधिको रुपमा थापालाई खटाइएको  कांग्रेस  बैतडीले जनाएको  छ ।   

अब  बैठक भोलि  २७  गते  बस्ने कांग्रेसले जारी गरेको सूचनामा  उल्लेख गरिएको  छ । बैठक  साबिककै ठाउँ पाटनको एकीकृत सभाहलमा नै  बस्ने सचिव चन्दले  बताए ।

 बैठकमा   भातृ तथा शुभेच्छुक संघ, संस्थाका  प्रमुख तथा प्रतिनिधि, पार्टीका केन्द्रिय  तथा प्रदेश महाधिवेशन प्रतिनिधि  बोलाइएको  तरुणदल बैतडीका कार्यबाहक  अध्यक्ष महेश दत्त भट्टले  बताए  । बैठकमा जिल्ला कार्यसमितिका सदस्य र पदाधिकारी, प्रदेश सभाका क्षेत्रीय सभापति, स्थानीय तहमा नेपाली कांग्रेसकातर्फबाट निर्वाचित प्रमुख तथा उपप्रमुख र १० ओटै पालिकाका पार्टी सभापतिहरुलाई बोलाइएको छ ।  

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १०:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update