वासुलिङ्ग स्वास्थ्यचौकी परिसरमा वृक्षारोपण
बैतडी –बैतडीको सुर्नया गाउँपालिका –३ स्थित वासुलिङ्ग स्वास्थ्यचौकी पसिसरमा वृक्षारोपण गरिएको छ ।
सुर्नया गाउँपालिका वडा नं ३ का अध्यक्ष शम्भुप्रसाद भट्ट, निवर्तमान वडा अध्यक्ष दिलाराम भट्ट, स्वास्थ्यकर्मी लगायतको सहभागितामा वृक्षारोपण गरिएको स्वास्थ्यचौकीका इन्चार्ज दलबहादुर बिष्टले बताए ।
स्वास्थ्यचौकी परिसरमा ७० बोट चाप, ५० बोट टिमुर, १३ बोट चिउरा, ३० बोट अमला र १५ बोट कल्की फूल गरी १८३ बोट रोपिएको स्वास्थ्यचौकी इञ्चार्ज बिष्टले बताए ।
वासुलिङ्ग स्वास्थ्यचौकीको १० रोपनी जमीनमा वृक्षारोपण गरिएको हो । डिभिजन वन कार्यालयले बोटविरुवा उपलब्ध गराएको बिष्टले बताए ।
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८० १३:५८
प्रतिक्रिया दिनुहोस्




