Sagun Khabar
हिमालयन लाइफ इन्स्योरेन्सको बार्षिक समीक्षा सम्पन्न

बैतडी – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड बैतडीको बार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।  उपशाखा बैतडीले शुक्रबार गत आर्थिक बर्षको समीक्षा कार्यक्रम सम्पन्न गरेको हो । 

इन्स्योरेन्सले गत आर्थिक बर्षमा सम्पन्न गरेका कामहरुको बारेमा अन्तरक्रिया गर्दै समीक्षा सम्पन्न गरेको हिमालयन लाइफ इन्स्योरेन्स बैतडीका अप्रेशन इन्चार्ज नवराज पन्तले बताए । सो समीक्षा कार्यक्रममा  एमडी आर टि,एजेन्सी म्यानेजर र अभिकर्तासहित २० जनालाई सम्मान समेत गरिएको उनले बताए । सम्मानित हुनेहरुलाई झोलसहित प्रमाणपत्र प्रदान गरिएका पन्तले बताए । 

हिमालयन इन्स्योरेन्स उपशाखा बैतडीको कार्यालय गोठलापानीमा शुक्रबार सम्पन्न भएको समीक्षा कार्यक्रममा इन्स्योरेन्सका क्षेत्रीय उपप्रमुख टेकराज आचार्य, ब्रान्च म्यानेजर बिर्खराज जोशीको समेत सहभागिता रहेको थियो । 

समीक्षा कार्यक्रममा इन्स्योरेन्सका क्षेत्रीय उपप्रमुख आचार्यले जीवन बीमाका बिषयमा प्रशिक्षण समेत दिएका थिए ।  
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update