Sagun Khabar
बैतडीका दिपेशसहित दुई जना अत्तरियाबाट पक्राउ, लागुऔषध थियो साथमा 

बैतडी –लागुऔषध सहित बैतडीका  दिपेश धामी र अर्का एकजना गरी दुईजना कैलालीको अत्तरियाबाट पक्राउ परेका छन् । 
अत्तरियाको एक होटेलमा काम गर्दै आएका बैतडीको सिगास गाउँपालिका २ का १८ बर्षीय दिपेश धामीलाई लागु औषधसहित पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोषाकमा खटिएको प्रहरी टोलीलाई उनलाई १६० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको हो । 

धामीलाई सोधपुछ गर्दा सोधपुछ गर्दा गोदावरी नगरपालिका वडा नम्बर का  ३६ बर्षीय बसन्त खत्री पनि पक्राउ परेका इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

खत्रीको साथबाट ९८० मिलीग्राम लागुु औषध बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०७:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update