Sagun Khabar
भिरबाट लडेर एक बालिकाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर ५ लानाकी १३ वर्षीया समीक्षा मल्लको भिरबाट लडेर मृत्यु भएको हो । 

शनिबार बाख्रा चराउन गएकी समीक्षाको भिरबाट लडेर मृत्यु भएको स्थानीय गणेशराज जोशीले बताए । उनी केदारेश्वर माविमा अध्ययनरत थिइन् । 

जिल्ला प्रहरी कार्यालयले भने घटनाका बारेमा थाहा नभएको बताएको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update