Sagun Khabar
बैतडीको शान्तिपुर सामुदायिक स्वास्थ्य इकाइ पहिरोको जोखिममा 

बैतडी –लगातारको बर्षाले बैतडीको शान्तिपुर सामुदायिक स्वास्थ्य इकाइ पहिरोको जोखिममा परेको छ । सुर्नया गाउँपालिका ४ स्थित सामुदायिक स्वास्थ्य इकाइको आँगन पहिरोले भत्काएको अहेव विनोद भट्टले बताए । 

स्वास्थ्य इकाइको भवनको आँगन पहिरोले भत्काएपछि भवन नै पहिरोको जोखिममा परेको उनले बताए । गएराति खसेको पहिरोले आँगन भत्किएको भट्टले बताए । पहिरोले आँगन भत्काएपछि अब भवन नै जोखिममा परेको उनले बताए । 

यसअघि पनि सोही ठाउँमा २०७७ सालमा प्रसुती सेवा केन्द्रको भवन पहिरोले भत्काएको थियो । त्यो बेला स्वास्थ्य इकाइको नयाँ भवन निर्माण भएकाले सेवा सुचारु गरिएको थियो । 

नयाँ भवन पनि पहिरोको जोखिममा परेपछि स्वास्थ्य सेवा प्रभावित हुने चिन्तामा स्वास्थ्यकर्मीहरु रहेका छन् । भवनलाई पहिरोको जोखिमबाट बचाउन तत्काल पर्खाल लगाउनुपर्ने आवश्यकता देखिएको छ । 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update