पहिरोका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग सुचारु
बैतडी –पहिरो कारण अवरुद्ध भएको जयपृथ्वी राजमार्ग सुचारु भएको छ । राजमार्ग अन्तर्गत बैतडीको झौलेक र श्रीभावरमा गएराति खसेको पहिरो पन्छ्याएपछि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
राजमार्ग सुचारु भएपछि बझाङ जाने सवारी साधन, बैतडीको पुर्चौंडी र सिगास जाने सवारी साधन र बझाङबाट अन्यत्रका लागि छुटेका सवारी गन्तव्यतर्फ लागेका छन् ।
यस्तै पहिरोका कारण अवरुद्ध भएको दशरथचन्द राजमार्ग पनि सुचारु भएको छ । राजमार्ग अन्तर्गत सतबाँझ नजिकै गएराति खसेको पहिरो पन्छ्याएपछि सोमबार बिहानैदेखि राजमार्ग सुचारु भएको प्रहरी निरीक्षक जोशीले बताए ।
प्रकाशित मिति: सोमबार, साउन २९, २०८० १६:२५
प्रतिक्रिया दिनुहोस्




