बैतडीमा पुर्चौंडी –१०को वडा कार्यालय भवन पहिरोको जोखिममा
बैतडी –बैतडीको एक वडा कार्यालयको भवन पहिरोको जोखिममा परेको छ ।
जिल्लाको पुर्चाैडी नगरपालिका–१० को वडा कार्यालयको भवन पहिरोको जोखिममा परेको हो । भवन अगाडीको पर्खाल नै भत्किएपछि भवन जोखिममा रहेको वडा कार्यालयले जनाएको छ ।
आइतवार रातीको अविरल वर्षाका कारण भवन अगाडीको पर्खाल भत्किएको र भवन जोखिममा रहेको सामाजिक परिचालक रनबहादुर बिष्टले बताए ।
प्रकाशित मिति: सोमबार, साउन २९, २०८० १६:४१
प्रतिक्रिया दिनुहोस्




