Sagun Khabar
बैतडीमा कांग्रेसको ‘बिशेष आन्तरिक अभियान’ : दुवै प्रदेश सभा क्षेत्रमा अन्तरक्रिया सम्पन्न 

बैतडी –नेपाली कांग्रेस बैतडीले ‘बिशेष आन्तरिक अभियान’अन्तर्गत दुवै प्रदेश सभा क्षेत्रमा अन्तरक्रिया सम्पन्न गरेको छ । अभियानका केन्द्रीय प्रतिनिधि बहादुरसिंह थापाको उपस्थितीमा दुवै प्रदेश सभा क्षेत्रमा अन्तरक्रिया सम्पन्न गरिएको नेपाली कांग्रेस बैतडीका कार्यबहाक सभापति बिरबहादुर बिष्टले बताए । 

प्रदेश सभा क्षेत्र अन्तर्गत रहेका पार्टीका प्रदेश प्रतिनिधि, प्रदेश सभा क्षेत्रीय समितिका पदाधिकारी र सदस्य, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा अन्तरक्रिया गरिएको नेपाली कांग्रेस बैतडीका सहसचिव दिपेन्द्रबहादुर चन्दले बताए । 

प्रदेश सभा क्षेत्रमा अभियान अन्तर्गत कार्यक्रम सम्पन्न गरिएको अब पालिकाहरुमा कार्यक्रम केन्द्रित हुने तरुण दल बैतडीका कार्यबाहक अध्यक्ष महेशदत्त भट्टले बताए । पालिकाहरुमा तोकिएका प्रतिनिधिहरुको उपस्थितीमा अन्तरक्रिया गरिने भट्टले बताए । 

अभियान अन्तर्गत पार्टीको आन्तरिक गतिविधि, विधान अनुसार संरचनाको अवस्था, टोल समितिको गठनको अवस्था र सेवा दल गठनको काम भइरहेको सहसचिव चन्दले बताए । 

पार्टीको आन्तरिक जीवनलाई बलियो बनाउन अभियान सञ्चालन गरिएको उनले बताए । प्रदेश सभा क्षेत्रमा सञ्चालन गरिएको अभियानपछि प्रतिवेदन बुझाइने छ भने १० ओटै स्थानीय तहबाट पनि प्रतिवेदन ल्याइने उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०८:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update