बैतडीको कुँडी÷ढकालीमा भदौ २१ गते गौरा मनाइने
बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं ४ अन्तर्गत कुँडी÷ढकालीमा भदौ २१ गते गौरा मनाइने भएको छ । स्थानीय जानकारहरुको भेला बसेर गौराका बिषयमा निर्णय भएको सम्वाददाता राजेन्द्र बिष्टले बताए ।
कुँडी÷ढकालीसंग जोडिएको पाटन– ३ को कल्तडी, गुजर लगायतका क्षेत्रमा भदौ २१ गते गौरा मनाइने भएकाले यो क्षेत्रमा पनि भदौ २१ मै गौरा मनाउने निर्णय भएको हो । स्थानीयहरुको भेलाले निर्णय गरेसंगै अब कुँडी÷ढकालीमा कहिले गौरा मनाउने भन्ने अन्यौल हटेको स्थानीयहरुले बताएका छन् ।
यो बर्ष कुनै ठाउँमा भदौ ७ र कुनै ठाउँमा भदौ २१ गते गौरा मनाउने तयारी भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८० ०९:३२
प्रतिक्रिया दिनुहोस्




