Sagun Khabar
बैतडीको दशरथचन्दमा कांग्रेसको बिशेष आन्तरिक अभियान अन्तर्गत अन्तरक्रिया 

बैतडी –नेपाली कांग्रेसको बिशेष आन्तरिक अभियान अन्तर्गत दशरथचन्द नगरपालिकास्तरीय अन्तरक्रिया बुधबार सम्पन्न भएको छ । नेपाली कांग्रेसका दशरथचन्द नगरपालिका कार्यबाहक सभापति सुरत चन्दको अध्यक्षतामा भएको अन्तरक्रियामा केन्द्रीय प्रतिनिधि बहादुरसिंह थापा प्रमुख अतिथी रहेका थिए । 

यस्तै अन्तरक्रियामा नेपाली कांग्रेस बैतडीका कार्यबाहक सभापति बिरबहादुर बिष्ट, पूर्व राज्यमन्त्री नरबहादुर चन्द लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । अन्तरक्रियामा पार्टीको आन्तरिक गतिविधि, पार्टी संगठन विस्तार, विधान अनुसारका समिति गठनका बिषयमा छलफल भएको नेपाली कांग्रेसका पूर्व जिल्ला कार्यसमिति सदस्य रमेशसिंह भण्डारीले बताए । 

पार्टीको आन्तरिक जीवनलाई बलियो बनाउनका लागि बिशेष आन्तरिक अभियान सञ्चालन भइरहेको बताउँदै केन्द्रीय प्रतिनिधि थापाले एकढिक्का भएर पार्टी निर्माणमा लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे । 

यस्तै कार्यक्रममा बोल्दै कांग्रेस बैतडीका कार्यबाहक सभापति बिरबहादुर बिष्टले बिशेष आन्तरिक अभियानलाई पार्टीलाई बलियो बनाउन सहयोग गर्ने बताए । जिल्लाका १० ओटै पालिकामा अभियान अन्तर्गत अन्तरक्रिया गरिने उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १९:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update