आज भिमदत्त राजमार्ग ६ घण्टा बन्द हुने
बैतडी –आज भिमदत्त राजमार्ग ६ घण्टा बन्द हुने भएको छ । पहिरोले क्षतिग्रस्त राजमार्गको मर्मत सम्भारका लागि आज दिउँसो १२ बजेदेखि साँझ ६ बजे सम्म सडक बन्द गरिने प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोलामा यही साउन २२ गतेका दिन पहिरोले सडक भासिएको थियो । सडक भासिएपछि नयाँ ट्रयाक खोलेर गाडी आवतजावत भइरहेका छन् ।
नयाँ ट्रयाक खोलेको ठाउँमा मर्मत सम्भारका लागि दिउँसो राजमार्ग बन्द गरिने ट्राफिक प्रहरीले जनाएको छ । सवारी आवागमनलाई सहज बनाउन सडक मर्मत सम्भार गर्न लागिएको हो ।
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८० ०७:४४
प्रतिक्रिया दिनुहोस्




