Sagun Khabar
बैतडीमा प्रहरीको गाउँ समाजमा सचेतना फैलाउने अभियान जारी 

बैतडी- बैतडी प्रहरीले  गाउँ समाजमा सचेतना फैलाउने  अभियान जारी राखेको  छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गाउँसमाजमा विभिन्न समाजिक अपराध कम गर्न यहि साउन १ गते  देखि सुरु भएको सचेतना  कार्यक्रम जारी रहेको हो ।  

अपराध कम गर्न बैतडी प्रहरीले जिल्लाका प्रत्येक टोल वस्तीमा खटिएर सचेतना कार्यक्रम गर्न थालेको जिल्ला प्रहरी कार्यालय  बैतडीका  प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीले जानकारी दिए । आत्महत्या न्यूनीकरण र बालविवाह÷बहुविवाह रोकथाम सम्बन्धि गाउँसमाजमा  प्रशिक्षण तथा जनचेतनामूलक  कार्यक्रम सञ्चालन  भएका उनले बताए ।

विद्यालयमै पुगेर सचेतना कक्षा सञ्चालन गर्दा विद्यार्थीहरु मार्फत समाजमा हुने आपराधिक गतिवधि न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बुधबार प्र्रहरीचौकी पुरघाट र गोकुलेश्वरले आ–आफ्नो सेवा क्षेत्रभित्रका गाउँ टोल विद्यालयमा आत्महत्या न्युनिकरण, बालबालिका माथि हुने दुर्व्यवहार रोकथाम सम्बन्धि प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

 विद्यालय तथा गाउँ टोलमा गरिने  यस्ता सचेतनामूलक कार्यक्रमले समाजका हानिकारक प्रथा प्रचलन हट्ने अपेक्षा गरिएको  छ । 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ०८:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update