बैतडी –बैतडीको पाटन नगरपालिका–१ वयलचौरामा प्रहरी चौकी स्थापनाको माग गरिएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर बयलाचौरामा प्रहरीचौकी स्थापनाको माग गरिएको माओवादी केन्द्र बैतडीका संयोजक शंकर भण्डारीले बताए ।
पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहरा, माओवादी केन्द्रका बैतडी संयोजक शंकर भण्डारी, राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धर्मसिंह ऐर (कपील) लगायतको टोलीले गृहमन्त्रीसंग भेटघाट गरेको हो ।
पाटन नगरपालिकाको वडा नं १ र ७ को पायक पर्ने स्थान वयलचौरामा प्रहरीचौकी स्थापनाका लाथि पाटन नगरपालिका कार्यपालिकाको निर्णय, जिल्ला प्रशासन कार्यालयको सिफारिस तथा जिल्ला सुरक्षा समिति निर्णय समेत गृह मन्त्रालयमा पेश गरिएको पाटन नगरपालिकाका उपप्रमुख बोहराले बताए ।
भेटघाटको अवसरमा गृहमन्त्री श्रेष्ठले प्रहरीचौकी स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको उपप्रमुख बोहराले बताए ।





