Sagun Khabar
कांग्रेसको ‘बिशेष आन्तरिक अभियान’ : मेलौलीमा अन्तरक्रिया सम्पन्न 

बैतडी –नेपाली कांग्रेसको बिशेष आन्तरिक अभियान अन्तर्गत मेलौली नगरपालिकास्तरीय अन्तरक्रिया बिहीबार सम्पन्न भएको छ । नेपाली कांग्रेस मेलौली नगरपालिकाका सभापति परमानन्द भट्टको अध्यक्षतामा भएको अन्तरक्रियामा केन्द्रीय प्रतिनिधि बहादुरसिंह थापा प्रमुख अतिथी रहेका थिए । 

यस्तै अन्तरक्रियामा नेपाली कांग्रेस बैतडीका कार्यबाहक सभापति बिरबहादुर बिष्ट, पूर्व राज्यमन्त्री नरबहादुर चन्द लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । अन्तरक्रियामा पार्टीको आन्तरिक गतिविधि, पार्टी संगठन विस्तार, विधान अनुसारका समिति गठनका बिषयमा छलफल भएको नेपाली कांग्रेसका पूर्व जिल्ला कार्यसमिति सदस्य रमेशसिंह भण्डारीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

पार्टीको आन्तरिक जीवनलाई बलियो बनाउनका लागि बिशेष आन्तरिक अभियान सञ्चालन भइरहेको बताउँदै केन्द्रीय प्रतिनिधि थापाले एकढिक्का भएर पार्टी निर्माणमा लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे । पार्टीको संगठन बलियो बनाउने गरेर काम गर्न उनले नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । 

यस्तै कार्यक्रममा बोल्दै कांग्रेस बैतडीका कार्यबाहक सभापति बिरबहादुर बिष्टले बिशेष आन्तरिक अभियानले पार्टीलाई बलियो बनाउन सहयोग गर्ने बताए । पार्टीका संगठनहरुलाई चलायमान बनाउन अभियानले भूमिका खेल्ने उनले बताए ।
मेलौलीमा आयोजित अन्तरक्रियामा पार्टीका नगर समितिका पदाधिकारी र सदस्य, टोल समितिका पदाधिकारी र सदस्य, वडा समितिका पदाधिकारी र सदस्य, भातृ तथा शुभेच्छु संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।  
 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update