Sagun Khabar
डोटीबाट सरकारी टोली बडीमालिका प्रस्थान
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीबाट सरकारी पूजा सामग्रीसहितको टोली बाजुराको बडीमालिकाका लागि बिहीवार प्रस्थान गरेको छ । 

हरेक वर्ष सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बडीमालिकाका लागि सरकारी टोली पूजा सामग्री सहित जाने गर्दछ । हरेक वर्षझैँ यो वर्षपनि प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले विशेष पूजाआजा गरि जिल्ला प्रशासन कार्यालय डोटीबाट पेटारोसहित बडिमालिकाका लागि पठाइएको हो । 

जनै पूणिर्माको अघिल्लो दिन अर्थात् चतुर्दशीमा बडीमालिकामा मुख्य पूजाआजा हुने प्रचलन छ । सोही पूजाआजाका लागि राणा कालदेखि नै डोटी गौंणाबाट पेटारो जाने चलन रहिआएको छ । पेटारो १५ दिन लगाएर बडिमालिका पुर्याइन्छ  । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update