Sagun Khabar
फेरि क्यान अध्यक्षमा उठ्ने चतुुरबहादुर चन्दको घोषणा 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –नेपाल क्रिकेट संघका (क्यान)का अध्यक्ष चदुरबहादुर चन्दले फेरि पनि अध्यक्षमा उठ्ने घोषणा गरेका छन् ।
नेपाल क्रिकेट संघ कैलाली जिल्लाको अधिवेशन उद्घाटन समारोहमा उनले नेपाली क्रिकेट अप्ठ्यारो अवस्थामा रहेको बेलामा काम गरेर अहिलेको अवस्थामा ल्याइपु¥याएकोले एकपटक पुनः अन्तिम पटकको लागि अध्यक्ष पदमा आउन चाहेको बताए ।

आफू निर्वाचित भए अब सुदूरपश्चिमका लागि विशेष प्याकेजसहित काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । 

क्रिकेट संघको अध्यक्षमा आफू जित्ने कुरामा आफू ढुक्क रहेको उनले बताए । सुदूरपश्चिमका कैलालीसहितका ७ जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएकोमा उनले खुसी व्यक्त गरे ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update