Sagun Khabar
डेंगी संक्रमणबाट बैतडीका एक युवाको  मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- डेंगी संक्रमणबाट बैतडीका एक युवाको  मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ४ चनेताका २० वर्षिय  विजय भट्टको भारतमा डेंगी संक्रमणबाट मृत्यु भएको हो ।

भारतको नयाँ दिल्ली आजादपूरमा काम गर्दै आएका भट्टको बिहीवार डेंगी संक्रमणबाट मृत्यु भएको आफन्त गणेश दत्त भट्टले जानकारी दिए । उनका अनुसार तिन दिन पहिले विजयलाई  उच्च ज्वरोले  च्यापेको  थियो । ज्वरो आएर बिरामी परेका उनलाई  बुधबार अस्पताल लगेर चेकजाँच गराउँदा डेंगीे संक्रमण पुष्टि भएको थियो ।

डेंगी देखा परेर औषधि सेवन गरिरहेका उनलाई बिहीवार फेरि उच्च ज्वरो आएर आजादपूर स्थित फोर्टिज हस्पिटलमा भर्ना  गरिएको थियो । बिहान हस्पिटल भर्ना गरिएका उनको दिउंसो अस्पतालमा उपचारकै क्रममा  मृत्यु भएको  आफन्तहरुको भनाई  छ । उनि रोजगारीको  सिलसिलामा ३ महिना  पहिले मात्रै भारत गएका थिए । 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update