Sagun Khabar
बैतडीमा करेन्ट लागेर १६ वर्षीय किशोर गम्भीर 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीमा करेन्ट लागेर एक किशोर गम्भीर भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका–८मल्लोढोलेका १६ वर्षीय किशोर चन्द्र सिंह बोहरा करेन्ट लागेर गम्भीर घाइते भएका हुन् ।

सुर्नया गाउँपालिका–८को आलुगैरा भन्ने स्थानमा खोडपे–ढोल्यामोड–पुर्चाैडीका लागि तानिएको थ्रीफेस विद्युत लाइनको लत्रिएको तारबाट करेन्ट लागेर  बोहरा घाइते भएका  आफन्त भान बहादुर बोहराले जानकारी दिए । गोठाला गएका बेला उनलाई  करेन्ट लागेको  बताइएको छ  ।

 करेन्ट  लागेको बोहराको  हात, खुट्टा लगायत  शरिरका विभिन्न भागका जलेको बताइएको छ ।   करेन्ट  लागेर गम्भीर  भएका बोहराको ढोल्यामोडको जनप्रिय आधारभूत स्वास्थ्य केन्द्रका सामान्य उपचार पछि थप उपचारका लागि डडेल्धुरा पठाइएको आफन्त स्रोतले  जनाएको  छ ।  
 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update