Sagun Khabar
बैतडीमा आगलागीबाट एक सुनचाँदी पसल ध्वस्त, लाखौंको क्षति 

बैतडी –बैतडी सदरमुकाम स्थित एक सुनचाँदी पसलमा शुक्रबार दिउँसो आगलागी हुँदा लाखौंको क्षति भएको छ । 
दशरथचन्द नगरपालिका –४ शाहीलेक बजारस्थित समृद्धि  सुनचाँदी पसलमा गहना बनाउने क्रममा सिलिण्डरबाट लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ । 

दिउँसो ४ बजेतिर सिलिण्डरबाट सल्केको आगो तेजावमा समेत सल्केको थियो । आगलागीका कारण पुरै पसल जलेर खरानी भएको सुनचाँदी पसलका सञ्चालक प्रदीप गहतराजले बताए । आगलागीबाट २० लाख बढीको क्षति भएको उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

पसलमा आगो सल्किदा स्थानीयले तुरुन्तै आगो निभाउन जुटेपछि छेउछाउका पसलमा आगो सल्कन नपाएको स्थानीय महेशदत्त भट्टले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी,  नेपाली सेना र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगो नियन्त्रणमा लिनका लागि दशरथचन्द नगरपालिकाको दमकल पनि प्रयोग गरिएको थियो । 

पसलमा आगलागी हुँदा पसल जलेर ध्वस्त भएको छ भने क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update