Sagun Khabar
आगलागी पीडित सुनचाँदी व्यवसायी बरालका लागि सहयोग अभियान शुरु 

बैतडी–आगलागीबाट सुनचाँदी पसल ध्वस्त भएर लाखौंको क्षति व्यहोरेका बैतडीका प्रदीप बरालका लागि सहयोग अभियान शुरु भएको छ । 

शाहीलेक बजार व्यवस्थापन समितिको अगुवाईमा बराललाई आफ्नो व्यवसायमा फर्कन सहज होस् भनेर सहयोग अभियान शुरु गरिएको अभियान्ता महेशदत्त भट्टले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

बरालको शाहीलेक बजारस्थित समृद्धि सुनचाँदी पसलमा शुक्रबार दिउँसो आगलागी हुँदा २० लाख बढीको क्षति भएको छ । आगलागीबाट पसल जलेर पुरै ध्वस्त भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । 

आगलागीबाट व्यवसाय नै ठप्प हुने गरी क्षति भएपछि सहयोग अभियान शुरु गरिएको अभियान्ता भट्टले बताए । सहयोग अभियान अन्तर्गत शाहीलेक, छेला लगायतका ठाउँमा रहेका व्यापारीहरुबाट संकलन भएको १ लाख १३ हजार ३४५ रुपैंया पीडित व्यवसायी बराललाई हस्तान्तरण गरिएको छ । 

शाहीलेक बजार व्यवस्थापन समितिका अध्यक्ष शेरसिंह भण्डारीले सहयोग रकम हस्तान्तरण गरेका हुन् । पीडित व्यवसायी बरालको व्यवसायलाई फेरि सञ्चालनमा सहयोग गरिदिन उनले सबैलाई आग्रह समेत गरेका छन् । 
समस्यामा परेको बेला सबैले सहयोग गर्नुपर्ने मानवीय र सामाजिक उत्तरदायित्व भएकाले आफूहरुले अभियान शुरु गरेको अभियान्ता भट्टले बताए । 
 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update