Sagun Khabar
समाजिक कार्यमा बैतडीको लिस्किटाका युवा,सडक छेउमा शिवालय,गौराखाला चिटिक्क 

बैतडी- बैतडीको लिस्किटाका युवा समाजिक कार्यमा जुटेका छन् । जिल्लाको  सुर्नया गाउँपालिका वडा नं २ लिस्किटाका युवाहरुले  आर्थिक संकलन गरेर  विभिन्न समाजिक कार्य गरेका छन् ।

   लिस्किटामा शिवालय  निर्माण र सडक छेउमा विश्राम पेटि निर्माण गरिएको स्थानीय  युवा बिरेन्द्र  पाण्डेले जानकारी दिए ।  स्थानीय युवाहरुकोे पहलमा सतबाँझ श्रीभार सडक खण्ड अन्तर्गत लिस्किटाको सडक छेउमा शिवालय तथा  यात्रुहरुलाई बस्न सहज होस भनेर पेटी निर्माण गरिएको उनले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै  गौरा पर्वको  पूर्व  सनध्यामा गौराखाहरुमा  रङरोगन  समेत गरिएको  अर्का युवा हर्क बहादुर पाण्डेले बताए । तडीगाउँको गौराखाला र लिस्किटा स्थित गौराखालामा रङरोगन  गरिएको युवा हिमाल पाण्डेले बताए । सार्वजनिक सम्पत्तिहरुको संरक्षण गर्ने उदेश्यले विभिन्न युवाहरुको पहलमा  रङरोगन गरिएको उनले  बताए । आइतबार  तडीगाउँ स्थित    गौराखाला प्रवेश गेट, मन्दिर र  धामी बस्ने ट्रसर्टमा रङरोगन गरिएको  उनले बताए  ।

युवाहरुले गरेको रङगरोगनले गौराखालाहरु चिटिक्क देखिएका तडीगाउँका स्थानीय धर्मान्नद भट्टले  बताए । युवाहरु सार्वजनिक सम्पत्तिको  संरक्षण र  मठमन्दिर निर्माणमा  जुटेको  देख्दा खुसि लागेको उनले  बताए । अगामी दिनहरुमा पनि यस्ता कार्यहरुको  निरन्तरता दिइने  युवाहरुको  भनाई  छ ।  

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update