Sagun Khabar
बैतडीको मेलौली ८ ले दियो विद्यार्थीलाई शैक्षिक सामग्री

बैतडी- बैतडीको मेलौली नगरपालिका ८ ले  विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको  छ। वडाको तर्फबाट वडा भित्रका सामुदायिक विद्यालय तथा बाल विकास केन्द्रहरुमा अध्यायनरत शिशु र कक्षा १ का सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको मेलौली  नगरपालिका  वडा  नं  ८ का वडा अध्यक्ष  तपेन्द्र सिंह बिष्टले जानकरी दिए ।

शिशु कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई एलसिडी लेखन ट्याब्लेट र कक्षा १ मा अध्ययनरत विद्यार्थीहरुलाई पुनः  प्रयोग गर्न मिल्ने म्याजिक कपी वितरण गरिएको वडा अध्यक्ष बिष्टले बताए।

साना विद्यार्थीहरुलाई पढ्न केहि हदसम्म सहज होस र कागज रहित वातावरण होस भन्ने उदेश्यले  शैक्षिक सामग्री वितरण गरिएको उनले बताए । यस्तै शैक्षिक सामग्रीसंगै वडाका   प्रत्येक विद्यालय र आधारभुत स्वास्थ्य केन्द्रलाई शुद्ध पानी  पिउनका लागि  फिल्टर पनि वितरण गरिएको वडा    कार्यालयले जनाएको  छ ।    

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update