Sagun Khabar
हराएको एक महिनापछि बैतडीको पञ्चेश्वरका रमेश भट्ट मृत भेटिए

बैतडी –बैतडीको पञ्चेश्वरका १४ बर्षीय रमेश भट्ट मृत फेला परेका छन् । गएको साउन ७ गतेदेखि हराएको भट्टको शव सडेको अवस्थामा सोमबार फेला परेको स्थानीय विरेन्द्र भट्टले बताए । 

पञ्चेश्वर गाउँपालिका ४ कनिना डाङका भट्टको शव खानेपानीको लाइन मर्मतका लागि पुगेका स्थानीयहरुले फेला पारेका हुन् । पञ्चेश्वर गाउँपालिका ३ मड वल्या खोलाको खानेपानी ट्यांकी नजिक भट्टको शव फेला परेको हो । खानेपानीको लाइन मर्मत गर्नका लागि पुगेका स्थानीयहरुले शव कुहेको गन्ध आएपछि परिवारलाई खबर गरेका थिए । 

रमेशको शव कुहेर हडड्ीमात्रै बाँकी रहेको छ । रमेशले प्रयोग गरेरका चप्पल र कपडाको आधारमा उनको शव पहिचान भएको थियो । रमेशलाई जंगली जनावरले आक्रमण गरेर मारेको हुन सक्ने अनुमान गरिएको छ । 

घरबाट हराएका रमेश सुस्त मनस्थितीका थिए । हराएको दिन नै परिवारले रमेशको खोजीका लागि प्रहरीमा निवेदन समेत दिएको थियो । 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update