Sagun Khabar
वर्षातले बिग्रिएका सडक नबन्दा नागरिकलाई सास्ती 

बैतडी- वर्षातले बिग्रिएका कतिपय  बैतडीका ग्रामीण सडकहरु नबन्दा यात्रुहरुलाई सास्ती भएको छ । वर्षातको  समयमा पानीका कारण ठाउँ ठाउँमा खाल्टा खुल्टी परेर बिग्रिएका सडक समयमै मर्मत नहुँदा ओहोरदोहर गर्ने यात्रुहरुलाई अहिले सास्ती भएको हो ।

 वर्षातले बिग्रिएका सडक नबन्दा जोखिम मोलेर यात्रा गर्नेु परेको यात्रुहरुको गुनासो छ । जिल्लाका विभिन्न पालिका भित्र रहेका ग्रामीण सडकहरु वर्षातका कारण बिग्रिएका छन् । बर्षातले भत्कीएर, खाल्टा खुल्टी परे पनि  सम्बन्धित निकायले समयमै मर्मत नगरिदिदा समस्या भएको पुर्चौडीका स्थानीय  लक्ष्मण बोहराले बताए ।

 बित्थड सुइलेक कुवाकोटको सडक बन्द भएको २  महिना पूरा भएपनि अझ्र  सुचारु नभएको  उनले  बताए । गौरा पर्व मनाउन अहिले धेरै जना जन्मभुमी फर्किरहेपनि बाटोको अवस्था ठिक नहुँदा समस्या भएको उनले बताए ।  वर्षादले  सडकखण्डको  हालत खराब भएपनि स्थानीय सरकारको ध्यान नगएको  नागरिकहरुको  आरोप छ। 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update