Sagun Khabar
बैतडीका ५ गाउँपालिकामा नयाँ ‘हाकिम’ खटाइए 

बैतडी – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैतडीका ५ सहित ८० ओटा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । ८० जना शाखा अधिकृतहरुलाई एकैपटक गाउँपालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको हो । 

मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले नयाँ नियुक्त भएका, ६ महिना तालिम सकेका शाखा अधिकृतहरुलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको छ ।

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रशासनतर्फको शाखा अधिकृत हुने कानुनी व्यवस्था अनुसार नै नयाँ शाखा अधिकृतहरुलाई खटाइएको स्थानीय तह कर्मचारी प्रशासन शाखाका उपसचिव खिलराज राईले जानकारी दिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार बैतडीका सिगास, शिवनाथ, पञ्चेश्वर, दोगडाकेदार र डिलाशैनी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ । यसअघि ती स्थानीय तहहरुमा निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुले काम गर्दै आएका थिए । 

सिगास गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कृष्णप्रसाद घिमिरे, शिवनाथ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सुशीलकुमार साह र पञ्चेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उज्ज्वल आनन्दलाई खटाइएको छ । 

यस्तै दोगडाकेदार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गजेन्द्रप्रसाद थारु र डिलाशैनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रंजय पटेललाई खटाइएको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ०८:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update