Sagun Khabar
त्रिशुलीमा बस खस्दा ८ जनाको मृत्यु (अपडेट) 

काठमाण्डौं –धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।

काठमाडौंबाट पोखराका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिए । घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो, तिनीहरुमध्ये ८ जनाको मृत्यु भएको उनले बताए ।  ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको डिएसपी जयसवालले बताए ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।
 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update