Sagun Khabar
डोटीमा असार मसान्त सम्म निषेधाज्ञा थपियो 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीमा असार मसान्त सम्म निषेधाज्ञा थपिएको छ । कोरोना भाईरसको जोखिम कायमै रहेकाले गत वैशाखबाट शुरु गरिएको निषेधाज्ञा असार मसान्त सम्म थपिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए  ।

जिल्ला कोभीड व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार निषेधाज्ञाको अवधि थप गरिएको उनले बताए । निषेधाज्ञाको अवज्ञा गरेमा कानुन अनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update