महाकालीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह
बैतडी–लगातारको बर्षाले महाकाली नदीमा पानीको बहाव बढेको छ ।दार्चुलाको दत्तुस्थित जलमापन केन्द्रमा महाकाली नदी जलसतह सतर्कता तह नजिक पुगेको छ । नदीमा पानीको बहाव अझै बढ्न सक्ने भएकाले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाकाली नदीमा पानीको बहाव बढ्दै गएकाले दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरका नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ । यस्तै डुबान भइरहने होचा भूभागमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८० १३:३१
प्रतिक्रिया दिनुहोस्




