Sagun Khabar
लैंगिक हिंसा न्यूनीकरणका लागि जोडी सम्वाद 

बैतडी –लैंगिक हिंसा न्यूनीकरणका लागि बैतडीका विभिन्न स्थानमा जोडी सम्वाद गर्ने गरिएको छ । जिल्लाको पाटन नगरपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न वडामा जोडी सम्वादमार्फत हिंसा न्यूनीकरणको प्रयास भइरहेको हो ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)को सहयोगमा पिसवीनले सञ्चालन गरिरहेको लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्तर्गत जोडी सम्वाद गर्ने गरिएको पिसवीनका कार्यक्रम संयोजक माधव भट्टले बताए । 

श्रीमान र श्रीमति दुवै जनालाई एकै ठाउँमा राखेर उनीहरुबीच विभिन्न सवालमा छलफल गर्ने गरिएको उनले बताए । जोडी सम्वाद कार्यक्रम अन्तर्गत दशरथचन्द नगरपालिका वडा नं २ देहीमाण्डौंमा बुधबार कार्यक्रम सम्पन्न गरिएको छ । १० दिनसम्म वडाभित्रका २०देखि २९ बर्षसम्मका दम्पतीहरुलाई बोलाएर छलफल गरिएको सहजकर्ता लोकेश भट्टले बताए । 

जोडी सम्वादको अन्तिम दिन आज सहभागीहरुबीच लैंगिक हिंसा न्यूनीकरणका विविध बिषयमा छलफल गरिएको उनले बताए । जोडी सम्वादको समापन कार्यक्रममा बोल्दै दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले यस्ता खालका सम्वादले लैंगिक हिंसा न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । 
 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update