Sagun Khabar
बैतडीमा राजयोग प्रशिक्षण कार्यक्रम हुने 

बैतडी–बैतडीमा राजयोग प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग सेवा केन्द्र पाटन बैतडीको आयोजनामा यही भदौ ९ गतेदेखि तीनदिने राजयोग प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको हो । 

विरेन्द्र मावि शाहीलेकमा बिहान ८ बजेदेखि शुरु हुने प्रशिक्षण कार्यक्रम भदौ ११ गते सम्म सञ्चालन हुने ब्रह्माकुमारी बिमला बोहराले बताइन् । राजयोगद्वारा शान्त मन आनन्दमय स्वस्थ जीवनका लागि सकारात्मक परिवर्तन सम्बन्धी कार्यक्रम सञ्चालन हुने उनले बताइन् । कार्यक्रममा मोटीभेशनल कोच रमण भट्टराईले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

यस्तै कार्यक्रममा राजयोग प्रशिक्षिका ब्रह्माकुमारी हिरा दिदिको समेत सहभागिता रहने बताइएको छ । तीनदिन सम्म सञ्चालन हुने कार्यक्रममा सहभागी भइ लाभ लिन समेत आग्रह गरिएको छ । 

आध्यात्मिक राजयोग प्रशिक्षण कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update