Sagun Khabar
महाकाली नदीमा जलसतहले सतर्कता तह पार गर्यो 

बैतडी – महाकाली नदीको पानीले सतर्कता तह पार गरेको छ । डडेल्धुराको परिगाउँ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाकाली नदीको जलसतह ५ दशमलव ८० मिटर पुगेमा सतर्कता तह मानिन्छ । बिहिवार दिउँसो महाकाली नदीको जलसतह ५ दशमलव ८३ मिटर मापन गरिएको छ । महाकाली नदीको जलसतह ७ मिटर पुगेमा खतरा हुन्छ । महाकालीमा पानीको बहाब बढेकाले नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । 

डडेल्धुरा र कञ्चनपुरका नदी किनार तथा डुबान हुने क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update