Sagun Khabar
सुदूरपश्चिममा आज पनि सार्वजनिक बिदा 

बैतडी –सुदूरपश्चिममा आज पनि सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौराको अवसरमा प्रदेश सरकारले बिदा दिएको हो । हिजो पनि प्रदेशभरी गौरा पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिइएको थियो । 

गौरा मनाइरहेका सुदूरपश्चिमका विभिन्न ठाउँमा हिजो गौराको मुख्य दिन अठ्यावाली मनाइएको छ । गौरादेवीको पूजाआजा गरी ब्रतालु महिलाहरुले दुबधागो धारणा गरेका छन् । गौरादेवीको प्रसादको रुपमा रहेको बिरुडाले आफन्त तथा मान्यजनको टाउको पुज्ने गरिएको छ । 

गौराको मुख्य दिन अठ्यावाली हिजो मनाइएपनि गौरा मनाइरहेका ठाउँमा रौनक जारी रहेको छ । विभिन्न ठाउँमा गौराको अवसरमा ठाडो खेल, ढुस्को धमारी खेल्ने चलन रही आएको छ । 

यो बर्ष गौराको तिथीका बिषयमा विवाद भएपछि कतिपय ठाउँमा भदौ १८ गतेदेखि गौरा मनाउने तयारी भएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update