बैतडी – दार्चुलाकी एक युवती धनगढीमा मृत फेला परेकी छिन् । धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा कार्यरत मार्मा गाउँपालिका ६ की २२ बर्षीया शिक्षिका राजेश्वरी डडाल मृत फेला परेकी हुन् । धनगढी उपमहानगरपालिका ३ चटकपुरमा बस्दै आएकी उनी बिहीबार मृत फेला परेकी प्रहरीले जनाएको छ ।
युवतीको मृत्यु घटना प्रकरणमा दार्चुलाकै २५ बर्षीय जगदीश कोट्टारीलाई प्रहरीले पक्राउ गरेको छ । मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा जगदीशलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।
मृतक र कोट्टारी प्रेम सम्बन्धमा रहेको बुझिएको छ । दार्चुलाको लटिनाथ क्याम्पसका स्ववियु सभापति समेत रहेका उनी विवाहित हुन् । जगदीश गएको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीबाट सभापति निर्वाचित भएका थिए ।
मृतकका परिवारले कोट्टारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।




