Sagun Khabar
तत्कालिन शंकरपुर गाविसका पूर्व उपाध्यक्ष रतनसिंह कुँवरको निधन 

बैतडी–बैतडीको तत्कालिन शंकरपुर गाविसका पूर्व उपाध्यक्ष रतनसिंह कुँवरको निधन भएको छ । सुर्नया गाउँपालिका ६ रीगा निवासी कुँवरको ८० बर्षको उमेरमा शुक्रबार राति निवासमै निधन भएको उनका भतिजा भगीरथ कुँवरले जानकारी दिए । 

लामो समयदेखि समाज सेवामा सक्रिय रहेका कुँवर २०४९ सालको निर्वाचनमा नेकपा एमालेबाट शंकरपुर गाविसको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । सोही कार्यकालमा उनले कार्यबाहक गाविस अध्यक्षको रुपमा समेत काम गरेका थिए । 

कुँवरको निधनले सामाजिक क्षेत्रमा ठूलो क्षति पुगेको सुर्नया गाउँपालिका वडा नं ६ का वडा सदस्य लोकेन्द्र कुँवरले बताए । निष्ठाको राजनीति गरिरहेका कुँवरबाट अन्य राजनीतिकर्मीहरुले पनि पाठ सिक्नुपर्नेमा उनले जोड दिए । 

स्वर्गीय कुँवरको आजै चनैराज आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । 

 

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  ०७:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update